गृह मन्त्रालय तानियो अध्यागमन विभागका महानिर्देशक अधिकारीलाई

काठमाडाैं | भदौ ७, २०८०

गृह मन्त्रालय तानियो अध्यागमन विभागका महानिर्देशक अधिकारीलाई

६० किलो सुन प्रकरणमा शंकास्पद भूमिका रहेको भन्दै अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालय तानिएको छ।

 

उनीमाथि सार्वजनिक रूपमा प्रश्नहरू उठेका कारण सत्यतथ्य बुझ्नका लागि मन्त्रालय तानिएको गृह मन्त्रालय स्रोतको भनाइ छ।

 

अधिकारीले सुन प्रकरणमा मुछिएका बेल्जियन नागरिक दावा छिरिङसँग म्यासेजमार्फत् संवाद गरेको भन्दै सार्वजनिक रूपमा प्रश्न उठेको थियो। ‘उहाँमाथि प्रश्न उठेकाले थप सोधपुछ गर्न गृह मन्त्रालय तानिएको हो,’ मन्त्रालय स्रोतले सेतोपाटीसँग भन्यो।

 

गत साउन २ गते अध्यागमन विभागबाट उम्किएको ६० किलो सुन राजश्व अनुसन्धान विभागले विमानस्थलको गेट नजिकैबाट बरामद गरेको थियो। अधिकारी गत  फागुनमा अध्यागमन विभागका महानिर्देशक बनेका थिए। 

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्

पोखरा:   सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ ।    उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्