गृह मन्त्रालय तानियो अध्यागमन विभागका महानिर्देशक अधिकारीलाई
काठमाडाैं | भदौ ७, २०८०
६० किलो सुन प्रकरणमा शंकास्पद भूमिका रहेको भन्दै अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालय तानिएको छ।
उनीमाथि सार्वजनिक रूपमा प्रश्नहरू उठेका कारण सत्यतथ्य बुझ्नका लागि मन्त्रालय तानिएको गृह मन्त्रालय स्रोतको भनाइ छ।
अधिकारीले सुन प्रकरणमा मुछिएका बेल्जियन नागरिक दावा छिरिङसँग म्यासेजमार्फत् संवाद गरेको भन्दै सार्वजनिक रूपमा प्रश्न उठेको थियो। ‘उहाँमाथि प्रश्न उठेकाले थप सोधपुछ गर्न गृह मन्त्रालय तानिएको हो,’ मन्त्रालय स्रोतले सेतोपाटीसँग भन्यो।
गत साउन २ गते अध्यागमन विभागबाट उम्किएको ६० किलो सुन राजश्व अनुसन्धान विभागले विमानस्थलको गेट नजिकैबाट बरामद गरेको थियो। अधिकारी गत फागुनमा अध्यागमन विभागका महानिर्देशक बनेका थिए।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

